Like us!
Follow us!
Connect us!
Watch us!

मुनाफामा छलाङ्ग मार्दै एनएमबि बैंक

विहीबार, १६ कार्तिक २०७४, ०९ : २२ मा प्रकाशित

मुनाफामा छलाङ्ग मार्दै  एनएमबि बैंक

अर्थ संसार, काठमाडौं चालु आर्थिक वर्ष २०७४ /७५ को पहिलो त्रैमासमा  एनएमबि बैंक लिमिटेडको  खुद मुनाफा  ४५ करोड १३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

  अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३५ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

६ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले जगेडाकोषमा ४ अर्ब ६७ करोड ६७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ९ दशमलव ७० प्रतिशत वृद्धि गरी ७१ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ ।

जसबाट बैंकले कर्जामा ६२ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा १२ दशमलव १५ प्रतिशतले कमी आएको छ, भने संचालन मुनाफा २६ दशमलव ०३ प्रतिशतले वृद्धि गरी ४६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रोभिजनमा ९ करोड रुपैयाँ राखेको छ भने २१ करोड १७ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।बैंकको प्रतिशेयर आम्दानी वार्षिक २७ दशमलव ९४ रुपैयाँ रहेको छ ।

बैंकको निस्कृय कर्जामा शुन्य दशमलव १६ प्रतिशतले घटेर १ दशमलव ६७ प्रतिशत रहेको छ भने जाखिमयुक्त सम्पत्ति १३ दशमलव ८० प्रतिशत रहेको छ ।

बैंकको मुल्य आम्दानीको अनुपात वार्षिक १७ दशमलव ३६ गुणा, तरलता अनुपात २३ दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ७२ दशमलव ३८ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको