Like us!
Follow us!
Connect us!
Watch us!

मेगाबाट अनिल शाह सेञ्चुरीमा

विहीबार, १६ कार्तिक २०७४, १५ : १२ मा प्रकाशित

मेगाबाट अनिल शाह सेञ्चुरीमा

अर्थ संसार काठमाडौं–  अनिल शाह मेगा बैंकबाट  सेञ्चुरी कमर्सिलय बैंकमा जाने भएका छन् । शाह सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भएपछि पुस १ गतेबाट कार्यभार सम्हाल्ने गरी शाह सेञ्चुरी बैंक जान लागेका हुन् ।

अनुजमणि तिमिल्सिनाले राजिनामा गरेपछि सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृत रिक्त छ । अहिले  कामु प्रमुख कार्यकारीका रुपमा जीवन भट्टराईले ब्यवस्थापनको नेतृत्व गरिरहेका छ ।

आगामी डिसेम्बर दोस्रो साता मेगा बैंकका शाहको कार्यकाल पुरा हुँदैछ ।  शाह मेगा बैंक स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत हुन। मेगामा उनको दोस्रो कार्यकाल सकिन डेढ महिना मात्र बाँकी छ ।

एउटै संस्थामा दुई कार्यकालभन्दा बढि बस्न नपाउने राष्ट्र बैंकको निर्देशनलाई अदालतले पुरानो कार्यकालसमेत जोडेर लागू हुने भनेपछि शाह मेगा बैंकमा फेरि नियुक्त हुन पाउँदैनन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको