Like us!
Follow us!
Connect us!
Watch us!

टीभीएस नेपालको हर मोडमा उमंग अफर सार्वजनिक

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, ०६ : १८ मा प्रकाशित

टीभीएस नेपालको हर मोडमा उमंग अफर सार्वजनिक

नेपालका लागि टीभीएस  स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले  ‘हर मोडमा उमङ्ग’ अफर सार्वजनिक गरेको छ।यसअन्तर्गत ग्राहकले टीभीएसको  मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यसका साथै स्कुटर वा मोटरसाइकल खरिद नगर्दै एक लाख जित्ने मौकासमेत छ। हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथै एक जनाले बम्परमा १० लाखसम्म जित्ने अवसर रहेको छ। 

एक्सचेन्जमा १० हजार थप मूल्याङ्कन, शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने सुविधा पनि यस अफरअन्तर्गत छ। भदौ २८ गतेबाट सुरु भएको योजना चाडपर्वको अवधिभर लागू हुनेछ।

विजेताहरूको घोषणा महिनाको पहिलो मङ्गलवार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको  आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ । जगदम्बा मोटर्स  प्रा ली नेपालमा टीभीएसका  दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 

कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले  बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको