Like us!
Follow us!
Connect us!
Watch us!

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गर्ने घोषणा

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १८ : ५५ मा प्रकाशित

टीभीएस नेपालद्वारा भृकुटीमण्डपमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गर्ने घोषणा

दशैंको अवसरमा, टीभीएस नेपालले ‘महा एक्सचेन्ज मेला’ को आयोजना गर्ने भएको छ। मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

असोज १५ देखि सुरु भएको मेला आगामी असोज २० गतेसम्म चल्नेछ । मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दशैँ अफरहरूको फाइदा लिन सक्ने बताइएको छ । 

कम्पनीले खरिद गर्नुअघि नै उपभोक्ताका लागि ५ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । त्यसैगरी खरिद गर्दा १० लाखसम्मको छुट पाउने अवसर, क्यास ब्याक अफर, साप्ताहिक क्यास ब्याक अफर अन्तर्गत हरेक सातो सतप्रतिशत क्यास ब्याक, बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र  पिक एन्ड ड्रप सेवा उपलब्ध गराउने कम्पनीले बताएको छ ।

मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्यांकनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको