अर्थ संसार, काठमाडौं हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो चुक्तापूँजी एक अर्व २ करोड पुर्याएको छ ।
विमा समितिको निर्देशन अनुसार विमा कम्पनीहरुले चुक्तापूँजी निर्जीवनको हकमा १ अर्व र जीवन विमाको हकमा दुई अर्व पुर्याउनु पर्ने वाध्याकारी नीति अख्तियार गरेपछि कम्पनीले चुक्तापूँजी एक अर्व पुर्याएको हो ।
यसरी चुक्तापूँजी अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा एक अर्व ३० करोडको प्रिमियम संकलन गरेको छ भने निकट भविश्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने कम्पनीले जनाएकोछ ।
हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवाप्रदान गर्दै आइराखेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस