अर्थ संसार, काठमाडौं–जुत्ता किन्ने उपयुक्त अबसर आएको छ तपाईंका लागि । केही घन्टा फुर्सद निकालेर भृकुटी मण्डप जानुस् । त्यहाँ नेपालको राम्रैसँग चिनिएको ब्राण्ड शिखर सुजले आफ्ना उत्पादनको क्रेजी मेला आयोजना गरेको छ ।
साँच्चै क्रेजी छ यो मेला । तपाईंले अविस्वसनीय मूल्यमा शिखरका जुत्ताचप्पल किन्न पाउनु हुनेछ । २ सय ५० रुपैयाँमा १ जोर, ४ सयमा २ जोर चप्पल । १ हजार रुपैयाँमा स्पोर्टस्, १ हजारमै पार्टी सुज । ४ सयमा १ जोर, ७ सयमा २ जोर स्कुले जुत्ता । १२ सयमा डिएमएस बुट । मूल्य सुन्दा तपाईंलाई अचम्म लागेन ?
एक पटक मेलामा पुग्दा तपार्इंलाई पत्याउन कर लाग्छ । विक्रीका आधारमा नेपालको नम्वर १ फुटवेयर व्राण्डका रुपमा स्थापित भएको शिखर सुजले जाडो मौसमलाई लक्षित गरेर क्रेजी सेल मेला शुरु गरेको हो। मेलामा १ सय रुपैयाँमाथिका चप्पलजुत्ता विक्रिमा राखिएको शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युृनिफर्म जुत्ता, गम बुटलगायत सबै प्रकारका उपभोक्तालाई उपयोगी जुत्ताचप्पल मेलामा राखिएको छ । शिखरले भृकुटीमण्डपको प्रवेशद्वारसँगैको खाली जमिनमा १ दर्जनभन्दा बढी स्टलमा मेला लगाएको छ ।
मेलामा आउनेहरु अपत्यारिलो मूल्यमा जुत्ता चप्पल पाएपछि चाहिनेभन्दा बढी किनिरहेका भेटिन्थे । जाडोलाई स्पोर्टस् सुज किन्न पुगेका चाबहिलका लक्ष्मण घिमिरेले सस्तोमा पाएपछि आफ्नो लागि अर्को जोर पार्टी सुज किने । उनले छोराछोरीका लागि स्कुल सुजसमेत किने । ‘अरु बेलाभन्दा मेलामा आधाजत्तिकै सस्तोमा जुत्ता पाएँ,’ उनले भने, ‘त्यसैले धेरै जरुरी नभए पनि थप तीन जोर जुत्ता किने ।’
पछिल्लो समय स्वदेशी जुत्ताप्रति उपभोक्ताको रुची बढेको छ । स्वदेशमै बनेको जुत्ता बलियो, स्टाइलिस् सस्तोमा पाउन थालेपछि क्रमस उपभोक्ताले विदेशी जुत्ता बहिस्कार गर्न थालेका छन् । यस्तो बेला शिखरले सुरु गरेको मेलामा सर्बसाधारणको घुँइचो लागेको छ ।
मेलामा ७५ प्रतिशतसम्म छुट दिइएको कम्पनीका अध्यक्ष प्रसाईंको भनाइ छ । यति सस्तोमा जुत्ता बेच्न कसरी सम्भव भयो रु प्रसाइका अनुसार बजारमा विभिन्न साइजका जुत्ता बनाएर पठाइएको हुन्छ । ती सबै साइजका जुत्ता विक्दैनन् । विभिन्न डिलरहरुकहाँ नविकेर बसेको जुत्ता शिखरले संकलन गर्छ ।
तिनलाई गोदाममा थन्क्याएर राख्नुभन्दा सस्तोमा बेचेर नगद बनाउन मेला गरिएको प्रसाईं बताउनु हुन्छ । मेलामा पुराना जुत्ताचप्पल मात्र छैनन् । भर्खरै उत्पादन गरेका जुत्ता शिखरले यही मेलामा सार्बजनिक गरेको छ । ती जुत्ताचप्पलमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
अध्यक्ष प्रसाईंका अनुसार मेलामा धेरै क्रेता आउने भएकाले थोरै नाफा राखेर बेच्दा पनि ठूलो भोल्युममा बेच्दा फाइदा हुन्छ । त्यसैले मेलामा नयाँ डिजाइनका जुत्तासमेत सस्तोमा उपलब्ध गराउन सकिएको हो ।
कार्तिक ६ बाट शुरु भएको शिखरको क्रेजी सेल मेलामा ५ सय भन्दा वढी डिजाइनका जुत्ता चप्पल राखिएको अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो । मेलाबताए। मेलामा जाडोका लागि लक्षित कपडा, छालालगायतका कच्चा पदार्थ प्रयोग गरेर हातैले बनाइएका जुत्ताचप्पलसमेत छन्।
शिखरले क्रेजी छुट दिने छँदैछ, कम्पनीको आधिकारिक फेसबुक पेजबाट उसले पोस्ट गरेका सामग्री सेयर गर्ने, कमेन्ट गर्ने उपभोक्तालाई थप छुटसमेट उपलब्ध गराएको छ । शिखरले पहिलो पटक डिजिटल मार्केटिङ गरेर उपभोक्तालाई आकर्षित गरिरहेको छ ।
कार्तिक २५ गतेसम्म सञ्चालन हुने मेला विहान ८ देखि साँझ ७ वजेसम्म सञ्चालन भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस