Like us!
Follow us!
Connect us!
Watch us!

दाबी भुक्तानीमा सहजता पुर्‍याउने उद्देश्य सहित बिमा सर्भेवरको अनलाइन परीक्षा सञ्चालन

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १६ : ०३ मा प्रकाशित

दाबी भुक्तानीमा सहजता पुर्‍याउने उद्देश्य सहित बिमा सर्भेवरको अनलाइन परीक्षा सञ्चालन

नेपाल बिमा प्राधिकरणले बिमा सर्भेवर (बिमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ । बिमा ऐन, २०७९ मा भएको ‘बिमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बिमा सर्भेवरको अनलाइन परीक्षा सञ्चालन गरेको हो ।

प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित परीक्षामा भाग लिन प्राधिकरणबाट यसअघि आयोजित बिमा सर्भेवर तालिममा सहभागी भएका तर इजाजत नलिएका सर्भेयरहरुमध्ये  ३९ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २८ जनाले आज सञ्चालित बिमा सर्भेवरको अनलाइन परीक्षामा अनलाइन सब मिट गरेका थिए ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बिमा सर्भेवरको अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ गरे । अध्यक्ष सिलवालले प्राधिकरणबाट सञ्चालित परीक्षामा सफल भई इजाजत प्राप्त गर्ने बिमा सर्भेयरहरुको कार्य गुणस्तरयुक्त एवम् प्रभावकारी हुने र त्यसबाट बिमा दाबी भुक्तानीमा समेत सहजता हुने विश्वास व्यक्त गरे ।

सर्भेवरको अनलाइन परीक्षाको रिजल्ट सात दिनभित्र प्रकाशन गरिनेछ र परीक्षामा उत्तीर्ण भएकाहरुलाई बिमा सर्भेवरको इजाजत प्रदान गरिनेछ । अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक कमलप्रसाद रेग्मी, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) र निर्देशक दिनेश कुमार लालको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको