Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको सिइओमा अनिल शाह

शनिबार, १८ कार्तिक २०७४, ०८ : ३५ मा प्रकाशित

सेञ्चुरी बैंकको सिइओमा  अनिल शाह

अर्थ संसार, काठमाडौं– सेञ्चुरी बैंकको सिईओमा अनिल केशरी शाह नियुक्त भएका छन् ।बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उनको कार्यकाल पुस १९ गते देखि लागू हुनेछ ।

अनुजमणि तिमिल्सिनाले राजिनामा गरेपछि सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियो । अहिले  कामु प्रमुख कार्यकारीका रुपमा जीवन भट्टराईले ब्यवस्थापनको नेतृत्व गरिरहेको थियो ।

आगामी डिसेम्बर दोस्रो साता मेगा बैंकका शाहको कार्यकाल पुरा हुँदैछ ।  शाह मेगा बैंक स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत हुन। मेगामा उनको दोस्रो कार्यकाल सकिन डेढ महिना मात्र बाँकी छ ।

एउटै संस्थामा दुई कार्यकालभन्दा बढि बस्न नपाउने राष्ट्र बैंकको निर्देशनलाई अदालतले पुरानो कार्यकालसमेत जोडेर लागू हुने भनेपछि शाह मेगा बैंकमा फेरि नियुक्त हुन पाउँदैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको