Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय कम्पनीमा साढे दुई अर्ब लगानी गर्दै राष्ट्र बैंक

आइतबार, १९ कार्तिक २०७४, १० : १३ मा प्रकाशित

बैंक तथा वित्तीय कम्पनीमा साढे दुई अर्ब  लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार, काठमाडौं– बैंक तथा वित्तीय कम्पनीमा नेपाल राष्ट्र  बैंक ले करीब साढे २ अर्ब मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंक ले  बैंक  तथा वित्तीय संस्थामा आफ्नो विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको हो । २०७४ कात्तिक १ गतेदेखि २०७५ असोज ३१ गतेसम्मका लागि  १ अर्ब ४८ करोड मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो ।

केन्द्रीय  बैंक ले वाणिज्य  बैंकहरूमा १ अर्ब १८ करोड लगानी गर्ने भएको छ । राष्ट्रिय स्तरका विकास  बैंकमा २२ करोड २० लाख र वित्त कम्पनीमा  ७ करोड ४० लाख लगानी गर्न लागेको हो ।  बैंक  तथा वित्तीय संस्थाहरूले  बैंकले तोकेअनुसारको शिलबन्दी दरभाउ पत्रसम्बन्धी फाराम भरी कुल लगानीयोग्य रकममध्ये एकवर्षे मुद्दती निक्षेपका रूपमा लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई असोज २२ गते दिउँसो ३ बजेसम्म दर्ता गरिएको छ ।

त्यसैगरी, ९६ करोड २३ लाख पनि केन्द्रीय  बैंकले विभिन्न  बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपका रूपमा लगानी गर्ने बताएको छ । राष्ट्र  बैंकले उक्त रकम २०७४ मङ्सिर १ गतेदेखि २०७५ मङ्सिर १ गतेसम्मका लागि मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो ।

केन्द्रीय  बैंकले वाणिज्य  बैंकहरूमा रू। ७६ करोड ९८ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । यसैगरी राष्ट्रिय स्तरका विकास  बैंकमा १४ करोड ४४ लाख र वित्त कम्पनीमा  ४ करोड ८१ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो ।

मुद्दती निक्षेप राख्न  बैंक  तथा वित्तीय संस्थाहरूले  बैंकले तोकेअनुसारको शिलबन्दी दरभाउ पत्रसम्बन्धी फाराम भरी कुल लगानीयोग्य रकममध्ये एकवर्षे मुद्दती निक्षेपका रूपमा लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई कात्तिक १९ गते ९आज० दिउँसो ३ बजेसम्म विभागमा पेश गर्नुपर्ने छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको