Like us!
Follow us!
Connect us!
Watch us!

जितिया पर्वको अवसरमा प्रम दाहालद्वारा शुभकामना व्यक्त

अर्थ संसार

शनिबार, २० असोज २०८०, ०७ : २१ मा प्रकाशित

जितिया पर्वको अवसरमा प्रम दाहालद्वारा शुभकामना व्यक्त

जितिया पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन् ।

दाहालले तराई मधेसका थारू लगायतका समुदायले पारिवारिक समृद्वि र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाउने मौलिक एवं सांस्कृतिक जितिया पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

उनले नेपाली समाजका संस्कृति र संस्कारहरूका आ–आफ्नै विशिष्ट मौलिक पहिचान र विशेषताहरू रहेको बताउँदै यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने पनि उल्लेख गरे । प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धतिका विविध पक्षहरूलाई गतिशील तुल्याउने तथा सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढसमेत हुने दाहालले बताए ।

जितिया पर्व पारिवारिक एकता, मातृत्व र अन्तर्घुलनको अनुपम दृष्टान्तसमेत भएको बताउँदै दाहालले यस पर्वले विविधता र पहिचानसहितको राष्ट्रिय एकतालाई सुदृढ गर्न, आपसी सद्भाव र सहिष्णुता कायम गर्दै संविधानप्रदत्त अधिकारको प्रगतिशील कार्यान्वयनका निम्ति समस्त नेपालीलाई उत्प्रेरित गर्ने विश्वास लिएको पनि लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको