Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

अर्थ संसार

बुधबार, २० जेठ २०८३, १० : ४० मा प्रकाशित

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलाको ३५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा खरिद बिक्री भएको थियो । 

त्यस्तै चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर ५ हजार ३७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ४०५ रुपैयाँ रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको