Like us!
Follow us!
Connect us!
Watch us!

नुवाकोटको बट्टारमा नेपाल एसबिआई बैंकको शाखा

सोमबार, २० कार्तिक २०७४, ०७ : ५८ मा प्रकाशित

नुवाकोटको बट्टारमा नेपाल एसबिआई बैंकको शाखा

अर्थ संसार, काठमाडौं नेपाल एसबिआई बैंक लिमिटेडले नुवाकोटको बट्टारमा आफ्नो ६८औँ शाखा तथा १०० औँ एटिएम संचालनमा ल्याएको छ ।

  काठमाण्डौको केशरमहल अवस्थित प्रधान कार्यालयका अतिरिक्त बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३ वटा क्षेत्रीय कार्यालय, ७ वटा एक्सटेन्सन काउन्टर, एक इनटच आउटलेट, ६८ शाखा  सहित कुल कुल ७९ वटा व्यवसायिक इकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकका हाल देशभर १०० वटा एटिएम (किओस्क, सिडीएम, सिआरएम तथा मोवाइल एटिएम सहित) रहेका छन् ।

समुद्घाटन समारोहलाई सम्वोधन गर्दै पौडेलले नेपाली बैंकिङ्ग जगतमा प्रविधीमा आधारित अत्याधुनिक र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा बैंकले नुवाकोट जिल्लामा समेत शाखा विस्तार गर्न सफल भएकोमा बैंक ब्यवस्थापनलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको