Like us!
Follow us!
Connect us!
Watch us!

सिभिलको नाफा ११ करोड ३३ लाख

सोमबार, २० कार्तिक २०७४, १० : २७ मा प्रकाशित

सिभिलको नाफा ११ करोड ३३ लाख

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सिभिल बैंकले ११ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ७ गुणा भन्दा बढी हो । संचालन मुनाफा घटेपनि उल्लेख्य खराब कर्जा संकलन गर्न सफल भएपछि बैंकको नाफा बढ्न पुगेको हो ।

सो अवधिमा बैंकको चुक्तापूँजी  ५ अर्ब १८ करोड रहेको छ भने जगेडा कोष  १ अर्ब ७५ करोड रहेको छ । बैंकको निक्षेप सो अवधिमा ९.२७  प्रतिशत र कर्जा तथा सापटी १७.५२ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी २४.६० प्रतिशत बढेको छ भने संचालन मुनाफा २.२ प्रतिशत घटेको छ । बैंकको निष्क्रिय कर्जा ४.६९ प्रतिशत र सिडि रेशियो ७६.४८ प्रतिशत रहेको छ । सो अवधिमा बैंकले  ३१ करोड ४५ लाख खराब कर्जा संकलन गरेको छ ।

59ffe938e8811.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको