Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

अर्थ संसार

आइतबार, २८ असोज २०८०, ०९ : १६ मा प्रकाशित

भायानेटको २४औँ बार्षिक उत्सव विशेष अफर र पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

भायानेट कम्युनिकेसनले २४ वर्ष पूरा गरेको छ। सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराउदैछ ।

भायानेटले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३ - महिना सदस्यता मात्र रु २४२४ ( भ्याट बाहेक) पर्नेछ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५०५ सम्म छुट पाउनेछन्। 

त्यती मात्र नभई भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट नि: शुल्क अपग्रेड गरेको छ। जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निशुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ ।

भायानेटसँग प्रविधिमा सधै एक कदम अगाडी आफ्ना ग्राहकलाई सुबिधा दिने बताउने गरेको छ । २०११ मा  आफुले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफ टि टि एच) को सुरुवात गरेको जसले देशलाई उच्च-गतिको डिजिटल युगमा अघी बढ्न सहयोग गरेको उसले ठोकुवा गर्ने गरेको छ । २०१६ मा, भायानेटले आइपिटिभी सेवाहरू ल्याएर नेपालमा टिभी हेर्ने अनुभवमा नयाँ पन थप्यो 

 कम मुल्य मा १७५ं टिभि च्यानलहरू प्रदान गर्ने भायाटिभीको सुरुवात भायानेट कम्युनिकेसनले गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको