पछिल्ला दिनमा अवरोध भएको भायानेटको इन्टरनेट र viaTV सेवा क्रमशः सामान्य अवस्थामा फर्किएको कम्पनीले जनाएको छ। हाल अधिकांश ग्राहकले सहज रूपमा सेवा प्रयोग गर्न थालेका छन् भने आइतबारसम्म सबै सर्वर नयाँ डेटा सेन्टरमा स्थानान्तरण सम्पन्न भएपछि सेवा पूर्ण क्षमतामा पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार हालैको समस्याका कारण कतिपय प्रयोगकर्ताले सेवा उपयोगमा कठिनाइ व्यहोर्नु परे पनि ४८ घण्टाभित्रै नेटवर्कलाई सामान्य अवस्थामा ल्याउन सम्भव भएको छ। यसलाई कम्पनीले आफ्नो प्रविधि र टोलीको समर्पणको परिणामका रूपमा व्याख्या गरेको छ।
भायानेटले आफ्नो मोबाइल एप फेरि पूर्ण रूपमा सञ्चालनमा आएको र कल सेन्टरलाई अझ सशक्त बनाइएकाले ग्राहकलाई चाँडै सहयोग उपलब्ध हुने जनाएको छ। साथै, फाइबर टेक्निसियनहरूले प्रभावित क्षेत्रमा दिनरात खटिएर अधिकांश फाइबर ब्रेकेज मर्मत गरिसकेको कम्पनीको दाबी छ।
“यस घटनाले हाम्रो प्रणालीलाई अझ सबल बनाउन प्रेरणा दिएको छ। भविष्यमा यस्ता चुनौती दोहोरिन नदिन आवश्यक सुधार थालिनेछ,” कम्पनीले जनाएको छ।
भायानेटले यसबीच ग्राहकहरूले देखाएको धैर्य र बुझाइप्रति आभार व्यक्त गर्दै गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा दिन आफू सधैं प्रतिबद्ध रहने स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस