Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको गिरावटमा लाग्यो ब्रेक, दोहोरो अङ्कले बढ्यो बजार

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १५ : १२ मा प्रकाशित

नेप्सेको गिरावटमा लाग्यो ब्रेक, दोहोरो अङ्कले बढ्यो बजार

लगातार घटेको सेयरबजारमा सोमबार भने दोहोरो अङ्कको बाउन्स ब्याक भएको छ । आज बजार २१.३० अङ्कले बढेको हो ।

अघिल्लो साता देखि नै निरन्तर घटेको बजार आज भने २१.३० अङ्कले बढेर नेप्से परिसूचक १८४७.५४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार भने सामान्य गिरावट आएको छ  ।

आज सर्वाधिक कमाउनेतर्फ हाथवे इन्भेस्टमेन्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहे । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । आज ९ कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये लक्ष्मी लघुवित्त, विन लघुवित्त र एनआइसी लघुवित्त रहे । ती कम्पनीको मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.७३ प्रतिशतले बढ्दा ट्रेडिङ उपसूचक २.७४ प्रतिशतले, ननलाइफ उपसूचक २.३६ प्रतिशतले बढ्यो । आज सबै सूचकमा हरियाली छाउँदा माइक्रोफाइनान्स उपसूचक सबैभन्दा कम ०.२६ प्रतिशतले बढ्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको