Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियड आजैदेखि लागू

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, १२ : ५७ मा प्रकाशित

म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियड आजैदेखि लागू

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषलाई दिदै आएको आइपिओ कोटाका सेयरमा ६ महिने लकइन लगाउने व्यवस्था आज मङ्गलबारदेखि नै लागू भएको छ ।

बोर्डले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम २०८० कार्तिक २१ गतेबाट लागू हुने गरि गरेको व्यवस्था अनुसार यस अघि निष्कासन भई ६ महिना नपुगेका आइपिओको सेयर पनि म्युचुअल फन्डले बिक्री गर्न पाउने छैनन् । बोर्डको निर्णयानुसार सेयर बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म कोटाका बिक्री गर्न नपाउने व्यवस्था लागु गरिएको हो ।

तर धितोपत्र बाँडफाँड भएको मितिले छ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने बाधा पुग्ने छैन । संगठित संस्थाको सार्वजनिक निष्काशन गर्दा धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने व्यवस्था रहेको छ ।

तर सामूहिक लगानी कोषले आइपिओ सूचीकृत भई कारोबार शुरु भएको दिन देखि नै दोस्रो बजारमा सप्लाई खन्याउन थालेपछि म्युचुअल फन्डको कोटा नै खारेज गर्नुपर्ने माग उठेको थियो । निश्चित कोटा नै निर्धारण गरेर मार्केट मेकरको भूमिका दिइएको म्युचुअल फन्ड नै आइपिओबाट नाफा कमाउने धन्दामा लागेपछि अर्थसंसारले यसकाविरुद्ध निरन्तर आवाज उठाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको