Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फन्डलाई नियमनमा बाँधेपछि दोहोरो अङ्कले बढ्यो बजार

अर्थ संसार

मंगलबार, २१ कार्तिक २०८०, १५ : ३० मा प्रकाशित

म्युचुअल फन्डलाई नियमनमा बाँधेपछि दोहोरो अङ्कले बढ्यो बजार

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषलाई दिदै आएको आइपिओ कोटाका सेयरमा ६ महिने लकइन लगाउने व्यवस्था आज मङ्गलबारदेखि कार्यान्वयनमा आएपछि सेयरबजार दोहोरो अङ्कले बढेको छ ।

अघिल्लो साता निरन्तर घटेको बजार आज भने ११.२२ अङ्कले बढेर नेप्से परिसूचक १८५८.७६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि बढेर ९९ करोड ६५ लाख ८६ हजार दुई सय ९१ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबारमा पनि वृद्धि भएको छ  ।

आज सर्वाधिक कमाउनेतर्फ लक्ष्मी लघुवित्त, सोना सिमेन्ट र सिटिजन लाइफ इन्स्योरेन्स रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये स्वाभिमान लघुवित्त, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहे । ती कम्पनीको मूल्य ५ प्रतिशतभन्दा बढीले घट्यो ।

आज लगानी उपसूचक सर्वाधिक १.५१ प्रतिशतले बढ्दा अन्य उपसूचक १.३२ प्रतिशतले र फाइनान्स उपसूचक १.२३ प्रतिशतले बढ्यो । आज अन्य सबै उपसूचकमा हरियाली छाउँदा ननलाइफ उपसूचक भने कम ०.१८ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको