Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन र बिमा प्राधिकरण सेटिङ्गमा लागे, रास्वपाले अन्तरिक अनुसन्धान गर्दैछ: डा.स्वर्णिम वाग्ले

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, २१ : १० मा प्रकाशित

सेबोन र बिमा प्राधिकरण सेटिङ्गमा लागे, रास्वपाले अन्तरिक अनुसन्धान गर्दैछ: डा.स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले नियामक निकायको प्रदर्शन भइरहेको बताएका छन्। अर्थसमितिको बैठकमा आज बोल्दै वाग्लेले यी नियामक निकायमा सिटिङ्ग भइरहेको र त्यहाँ बिचौला तथा राजनीतिक नेताहरु, ठूला घरानाहरु,लागेको आरोप लगाएका छन्। 

वाग्लेले सेबोन र बिमा प्राधिकरणको सेटिङ्गमा देश गाजिएको व्यापक गुनासो रहेको बताए। उनले उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समेत अन्तरिक अनुसन्धान थालेको र सरोकारवालालाई बोलाएर अनौपचारिक केरकार गर्ने तथा तथ्य जाँच गर्ने काम गरिरहेको पनि बताए। 

प्रति सेयर ५० पैसा पनि आम्दानी नभएका कम्पनीहरुलाई प्रिमियममा आईपिओ स्वीकृति दिने गरिएको बताएका छन्। हिमालयन रि जस्ता कम्पनीलाई स्वीकृति, चुनावको मुखमा बिमाका कम्पनीलाई स्वीकृति, रिटिङ्ग प्रदान गर्ने कम्पनीमा स्वार्थ समुहको सहभागिता रहेको र सर्वसाधारणलाई लुट्ने धन्दा चलिरहेको आरोप लागेका कारण र आफुहरु यसलाई अन्तराष्ट्रियकरणपनि गर्ने बताए। यी कुरा वित्तिय अपराध तथा सम्पत्ति शुद्धीकरणमा जोडिने भएकोले अर्थमन्त्रालयले हस्तक्षेप गर्न अनुरोध गरेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको