Like us!
Follow us!
Connect us!
Watch us!

देव, युनियन र साझाको एकीकृत कारोबार शुरु

विहीबार, २३ कार्तिक २०७४, २० : ०४ मा प्रकाशित

देव, युनियन र साझाको एकीकृत कारोबार शुरु

अर्थ संसार, कैलाली – देवः विकास बैंक लिमिटेडले युनियन फाइनान्स लिमिटेड र साझा विकास बैंकलाई प्राप्ती (मर्जर) गरी बिहीबारदेखि एकीकृत कारोबार शुरु गरेको छ ।

देवः विकास बैंकका कम्पनी सचिव सागर ताम्राकारले देवः विकास बैंक लिमिटेड, युनियन र साझा विकास बैंक लिमिटेडको नामबाट सुरु गरिएको एकीकृत कारोबारको आज कैलालीको धनगढीमा उद्घाटन भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

कम्पनी सचिव ताम्राकारले एकीकृत कारोवार पूर्व देवःको चुक्ता पूँजी रु एक अर्ब ४४ करोड ४९ लाख, साझाको १० करोड तथा युनियनको आठ करोड ८२ लाख रहेकामा एकीकृत कारोबार पछि कुल चुक्ता रु पूँजी एक अर्ब ६३ करोड पुगेको बताउनुभयो ।

मर्जरपछि बैंकको कुल निक्षेप रु १२ अर्ब ७८ करोड तथा कर्जा लगानी रु ११ अर्ब २८ करोड पुगेको छ । कुल शाखा संख्या ४८ पुगेको छ ।

चालु आवको पुसमसान्तसम्म रु दुई अर्ब ५३ करोड चुक्ता पूँजी पुग्ने बैंकले बताएको छ । सो अवधिबाटै २० गुणा निक्षेप संकलन गरेर २० गुणा नै कर्जा प्रवाह गर्ने बैंकको नीति रहेको सचिव ताम्राकारले जानकारी दिनुभयो ।

एकीकृत कारोबारको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (नियमन विभाग) का नारायणप्रसाद पौडेल, तत्कालीन साझा विकास बैंकका अध्यक्ष फकिरसिंह कठायत, साझा विकास बैंकका सञ्चालक दिनेशराज भण्डारी, पुष्पराज कुँवर, भीम बोहरा, बज्र गुरुङलगायतको सहभागिता थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको