Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकारसँग उम्मेदवारः तमोरबाट जलविद्युत् उत्पादन गरिने

शुक्रबार, २४ कार्तिक २०७४, १८ : ०५ मा प्रकाशित

पत्रकारसँग उम्मेदवारः तमोरबाट जलविद्युत् उत्पादन गरिने

अर्थ संसार, विराटनगर– मोरङको १ नं क्षेत्रबाट वाम गठबन्धनअन्तर्गत नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडाले कर्णाली क्षेत्र भनिने मोरङको उत्तरी क्षेत्रका जनताको आर्थिक समृद्धि वृद्धि गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित ‘पत्रकारसँग उम्मेदवार’ कार्यक्रममा उहाँले तमोर नदीबाट २६ मिटर सुरुङ खनी चिसाङ खोलाको पानी खसाई आगामी तीन वर्षभित्र जलविद्युत् र सिँचाइ सुविधा उपलब्ध गराई यस क्षेत्रको जनताको आर्थिक जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही क्षेत्रका प्रदेश नं १ मा नेकपा (माओवादीकेन्द्र)का उम्मेदवार कुशल लिम्बूले विद्युत्, खानेपानी, शिक्षा, पर्यटन, शिक्षा तथा रोजगारी तथा बाटोघाटोको समस्या वाम गठबन्धनको विजयबाट मात्र सम्भव हुने जिकिर गर्नुभयो ।

यस्तै प्रदेश नं २ का उम्मेदवार एमालेका उपेन्द्र घिमिरेले सुनसरीको धरानदेखि झापाको बाहुनडाँडीसम्म वैकल्पिक बाटो, कृषिको औद्योगीकरण, जेफाला डाँडासम्म पक्की मोटर बाटो निर्माण गरी पर्यटकीय क्षेत्रको विकास तथा यस क्षेत्रमा रहेको प्रचुर जंगलमा हुने जडीबुटी उत्पादनमा, खोलानालामा तटबन्धन निर्माण, रोजगारी, विद्युत् र खानेपानी आदि समस्या समाधान गर्न गठबन्धनको विजय आवश्यक रहेको बताउनुभयो ।    

मोरङ क्षेत्र नं १ अन्तर्गत ३७ वडा छन् । कतिपय वडामा हालसम्म विद्युत् पुगेको छैन । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको