Like us!
Follow us!
Connect us!
Watch us!

केही दिन रोकिएर फेरि सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप 'रमाइलो', यसरी गर्नुस् प्रयोग

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, ०८ : ४० मा प्रकाशित

केही दिन रोकिएर फेरि सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप 'रमाइलो', यसरी गर्नुस् प्रयोग

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन: सञ्चालनमा आएको छ ।

गुगल प्ले स्टोरका केही शर्त पूरा हुन बाँकी भएकाले केही दिन रोकिएको सो एप शर्त पूरा गरि फेरि सञ्चालनमा ल्याइएको कम्पनीले प्रेसनोट जारी गरि जानकारी दिएको छ ।

नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एप केही समयमै लोकप्रिय बन्न पुगेको छ ।

कम्पनीका अनुसार एप सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक डाउनलोड भएको थियो । जसकारण नेपालको इतिहासमै यो एप सबैभन्दा छिटो धेरै डाउनलोड भएको समेत कम्पनीले जनाएको छ ।

यस एपमा  भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ ।

कम्पनीले केही दिनमै एपस्टोरमापनि रमाइलो एपलाई उपलब्ध गराने जनाएको छ ।  साथै प्रयोगकर्ताको सुझावअनुसार निरन्तर एपको विकाश गर्दै लैजाने कम्पनीको भनाइ छ । कम्पनीले एपमा केही समस्या देखा परेमा कम्पनीलाई खबर गर्न समेत आग्रह गरेको छ ।

आफ्नो मोबाइलमा रमाइलो एप चलाउन https://bit.ly/ramailoshortvideosapp लिंक मार्फत इन्स्टल गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको