औँ वर्षमा प्रवेश
अर्थ संसार, काठमाडौं- काठमाण्डौंका विभिन्न उत्कृट रेष्टुरेण्टहरुबाट खानाका परिकारहरु घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमाण्डू प्रा.ली. ले आफ्नो सातौँ वर्ष पूरा गरेकोछ ।
यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ ।
आउँदा दिनहरुमा सेवा गुणस्तरलाई अझ बढाउँदै,सेवा प्रदान गर्ने स्थानहरुको परिधि तथा आफुसँग आवद्य रेण्टुरेण्टहरुको संख्या क्रमिक रुपमा बढाउँदै लाने योजना छ । फुडमाण्डूका प्रमुख कार्यकारी मनोहर अधिकारीले भन्नुभयो ।
सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सरुुवातगरेको उक्तकम्पनीले स्थापनादेखि हालसम्म लाख भन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको छ ।
सक्षम, सपर्पित र लगनशील कर्मचारीहरु तथा उच्चस्तरीय प्रविधि र कुशल व्यवस्थापनको माध्यमबाट फुडमाण्डूले देशमा आफुलाई खानासँग सम्बद्र डेलीभरी सेवा प्रदान गर्ने एक भरपर्दो र चिरपरिचित कम्पनीकोे रुपमा स्थापितगर्न सफल भैसकेको छ ।
सासातौँ वर्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुटउपलव्ध गराउने योजना ल्याएको छ ।
ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एपवा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्तगर्न सक्नेछन ।यसका साथै डिसेम्बर १५ देखि नेपालमा नैपहिले पटक अनलाईन पूmड फेस्टिबलको आयोजना गर्न गइरहेको जनाकारी पनीकम्पनीले गराएको छ ।
१७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डूले स्वादम ाविविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी राखेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस