Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् होल्डिङग्स लिमिटेडले आइपिओ जारी गर्ने

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १३ : १६ मा प्रकाशित

शिवम् होल्डिङग्स लिमिटेडले आइपिओ जारी गर्ने

शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपिओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आफ्नो जारी पूँजी ५ अर्व ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने एक सय अङ्कित दरका एक करोड १६ लाख कित्ता साधारण शेयरहरुमा प्रिमियम थपेर सर्वसाधारणहरुमा जारी गर्न नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएको हो । प्रारम्भिक निष्कासनका लागि शिवम् होल्डिङस् लिमिटेडले सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्कासक तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता गरेको छ ।

शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनी अन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा परिणत भएको थियो । कम्पनीले विनय त्रिवेणी गाउँपालिका सर्दि,पूर्वी नवलपरासीमा अवस्थित होङशी शिवम् सिमेन्टमा ३० प्रतिशत शेयर लगानी गरेको छ । नेपालको सबै भन्दा ठूलो सिमेन्ट तथा क्लिङ्कर उत्पादन क्षमता भएको होङ्सी शिवम् सिमेन्टले अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योग, उद्योगबाट उत्सर्जित वेष्ट हिटको उपयोग गरि करिव १२ मेगावाट विद्युत समेत उत्पादन गर्दै आएको छ । 

शिवम् होल्डिङग्स लिमिटेडले अधिकृत तथा जारी पूँजी रु. ५ अर्व ८० करोड मध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात रु. ४ अर्व ६४ करोड र सर्व साधारणतर्फ रु. १ अर्व १६ करोड शेयर पूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो । यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ । 

कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको जनाएको छ । शेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना रहेको पनि कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको