Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सोलार फार्म लिमिटेडले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, ०९ : ५८ मा प्रकाशित

नेपाल सोलार फार्म लिमिटेडले डाक्यो विशेष साधारणसभा, आइपिओ जारी गर्ने

नेपाल सोलार फार्म लिमिटेडले सार्वजनिक निष्कासनको एजेन्डासहित विशेष साधारणसभा डाकेको छ ।

वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ १ गते काठमाडौंको वाफलस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा बस्ने गरी विशेष साधारणसभा मिति तय गरेको हो । सभामा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनलगायतका प्रस्ताव पेश गरिने जनाइएको छ । 

यसैगरी कम्पनीले सर्वसाधारण सेयर जारी गर्न नियमनकारी निकायबाट निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश गरिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको