Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार गिरावटको क्रम जारी, कारोबार रकम पनि घट्यो

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १५ : १० मा प्रकाशित

सेयरबजार गिरावटको क्रम जारी, कारोबार रकम पनि घट्यो

अघिल्लो साताको सोमबार देखि घट्दै गरेको सेयरबजार आज पनि थप ओरालो लागेको छ । अघिल्लो सोमबार ११.२७ अङ्कले घटेको नेप्से मङ्गलबार २.१७ अङ्क, बुधबार १७.९३ र बिहीबार थप १८.०६ अङ्कले घटेको थियो ।

आज ७.२९ अङ्कले घटेर नेप्से परिसूचक १८५१.२३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ९६ करोड ४० लाख १० हजार चार सय ३१ रुपैयाँ पुगेको छ । बजार घट्दै गर्दा आज कारोबार रकममा पनि गिरावट आएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ थ्रीस्टार हाइड्रो, सबैको लघुवित्त र इङ्ग्वा हाइड्रो रहे । उक्त कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये माउन्टेन इनर्जी हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो र एनआरएन रहे । ती कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो ।

आज लघुवित्त उपसूचक मात्रै ०.०६ प्रतिशतले बढ्दा बाकिँ सबै उपसूचकमा गिरावट आयो । आज म्युचुअल फन्ड उपसूचक सर्वाधिक १.२५ प्रतिशतले घट्दा फाइनान्स उपसूचक ०.५५ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.५४ प्रतिशत घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको