Like us!
Follow us!
Connect us!
Watch us!

अर्किड होल्डिङ्सले माग्यो आइपिओ निष्कासनको अनुमति

अर्थ संसार

आइतबार, १७ मंसिर २०८०, १६ : ०९ मा प्रकाशित

अर्किड होल्डिङ्सले माग्यो आइपिओ निष्कासनको अनुमति

अर्किड होल्डिङ्स लिमिटेडले धितोपत्र बोर्डसँग आइपिओ निष्कासनको अनुमति मागेको छ ।

कम्पनीले एक करोड १५ लाख कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले मङ्सिर १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । उक्त कम्पनी होटल तथा पर्यटन सेक्टरको कम्पनी रहेको छ ।

कम्पनीले काठमाडौंको रविभवनमा १३१ रुम क्षमताको चारतारे होटल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको छ । उक्त चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको