Like us!
Follow us!
Connect us!
Watch us!

होसियार ! वैधानिक रेमिटेन्स च्यानल छल्दा आपराधिक गतिविधिबाट आर्जेको पैसा आफन्तसम्म पुग्ला...

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १३ : ४९ मा प्रकाशित

होसियार ! वैधानिक रेमिटेन्स च्यानल छल्दा आपराधिक गतिविधिबाट आर्जेको पैसा आफन्तसम्म पुग्ला...

वैधानिक ढङ्गले आधिकारिक रेमिटेन्सबाट पैसा पठाउनुको साटो केही पैसा बचाउने चक्करमा आपराधिक गतिविधिबाट आर्जेको पैसा नेपालमा रहेका आफन्तसम्म पुग्न सक्ने भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ ।

सूचना अनुसार विदेशमा रहेका नेपालीहरुले नेपालमा रहेका परिवार वा आफन्तले पाउने गरि रकम पठाइदिन भन्ने गरेको र त्यसको सट्टा विदेशी मुद्रामै भुक्तानी गर्दा अमूक व्यक्तिले ठगीबाट प्राप्त भएको गैरकानुनी रकम परिवारको खातामा पठाइदिने गरेको घटनाहरु अनुसन्धान बाट खुलेको जनाइएको छ । यसरी पैसा पठाइदिन अनुरोध गर्नेहरुले सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको र त्यहीँबाट ठगीमा संलग्न हुँदै आएका व्यक्तिले उनीहरुलाई सम्पर्क गरि विदेशी मुद्रामा सटही गरि आफूले पैसा लिने र ठगीबाट आर्जेको पैसा भने आफन्तलाई पठाइदिने गरेका छन् ।

ब्युरोले यसरी पैसा पठाउँदा विदेशमा दु:ख परिश्रम गरि कमाएको पैसा नेपालमा आउँदा ठगी स्कामको पैसामा परिणत भई कारवाहीको भागिदार हुनुपर्ने अवस्थासम्म आउने हुँदा आधिकारिक माध्यमबाट मात्रै पैसा पठाउन अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको