Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तारागाउँ रिजेन्सीको सेयर कारोबार सुचारू

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १२ : १६ मा प्रकाशित

नेप्सेमा तारागाउँ रिजेन्सीको सेयर कारोबार सुचारू

तारागाउँ रिजेन्सीले सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा स्थगन भएको कम्पनीको सेयर कारोबार मङ्सिर १९ गतेबाट फुकुवा भएको छ ।

कम्पनीले मङ्सिर १६ गते शनिबार सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेपनि मङ्सिर १७ गते आइतबार बेलुका ५:१५ बजे मात्रै नेप्सेलाई सो बारे जानकारी दिएपछि सोमबार कम्पनीको सेयर कारोबार स्थगन गरिएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोले छ ।

कम्पनीले मानवीय त्रुटी भएका कारण समयमा जानकारी गराउन नसकेको भन्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित पत्र पेश गरेको थियो । यसैको आधारमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ का शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै धितोपत्रको कारोवार रोक्का फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको