Like us!
Follow us!
Connect us!
Watch us!

कसमस कलेजमा एनएमबि क्यापिटलको पूँजी बजारबारे सचेतनामूलक कार्यक्रम

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, ०७ : ३७ मा प्रकाशित

कसमस कलेजमा एनएमबि क्यापिटलको पूँजी बजारबारे सचेतनामूलक कार्यक्रम

एनएमबि क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत  लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। क्यापिटलले मङ्सिर १४ गते ललितपुरको महालक्ष्मीस्थान स्थित कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको बिबिए संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। 

क्यापिटलका अनुसार एनएमबि सरल बचत फण्ड – इ का स्कीम व्यवस्थापक प्रतिल कोजू र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेका थिए । सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनहरुमा पनि देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने क्यापिटलले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको