अर्थ संसार, मोरङ -लुम्विनी विकास बैंक लिमिटेडले मुलुभर आफ्नो सेवा विस्तारको क्रममा मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिकामा आजदेखि आफ्नो ५७ औं शाखा स्थापना गरेको छ ।
उक्त शाखा सुन्दर हरैचा नगरपालिकाका प्रमूख शिव प्रसाद ढकालले एक समारोहका वीच उद्घाटन गर्नु भयो ।
सो अवसरमा उद्घाटन समारोहको सभापतित्व गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष सुशिल राज पराजुलीले बैंकवाट आगामी दिनमा अझ प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ सेवा प्रदान गर्ने साथै ग्रामिण भेगमा समेत क्रमश सेवा विस्तार गर्दै जाने बताउनुभयो ।
उक्त समारोहमा सम्बोधन गर्दै बैंकका सञ्चालक चिन्तामणी भट्टराईले बैंकले ग्रामिण जनतासंगको सामिप्यतामा अभिवृद्धि गर्दैजाने र यसबाट सवैले यथोचित लाभ लिन सक्ने बताउनु भयो ।
कार्यक्रममा उपस्थित अतिथि तथा सम्पूर्ण ग्राहक महानु’भावहरुलाई प्रमुख कार्यकारी अधिकृत झलक प्रसादखनालले स्वागत गर्दै बैंकवाट उपलव्ध सेवा सूविधाहरुको सम्बन्धमा स्पष्ट पार्र्नु भएको थियो ।
बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारवाट संचालन भई मूलुकका विभिन्न भागमा रहेका ५७ शाखा सञ्जालहरु तथ १२ एटिएममार्फत विभिन्न निक्षेप तथाकर्जा सुविधाका दिदै आएको छ ।
बैंकले २०७४ आश्विन मशान्तसम्म करिब १८ अर्व ४५ करोड निक्षेप संकलन तथा १५ अर्ब ९० करोड कर्जा प्रवाह गरेको ६ । त्यसै गरी २ करोड ५३ लाख लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस