Like us!
Follow us!
Connect us!
Watch us!

यो जुनीमा नेप्से १८ सय बिन्दु तल जाँदैजान्न भन्दै घोषणा गर्ने अम्बिका पौडेल निकटस्थ भन्छन् 'अहिलेको बढाईले अघिल्लो हाई ब्रेक गर्छ'

लोकेन्द्र ढकाल

बुधबार, ०४ पुस २०८०, २० : ०९ मा प्रकाशित

यो जुनीमा नेप्से १८ सय बिन्दु तल जाँदैजान्न भन्दै घोषणा गर्ने अम्बिका पौडेल निकटस्थ भन्छन् 'अहिलेको बढाईले अघिल्लो हाई ब्रेक गर्छ'

सेयर बजारमा समुह बनाएर ट्रेडिङ गर्ने प्रसस्त भेटिन्छन् । हुन् त स-साना देखि ठूला ठूला उद्योग, व्यवसाय पनि समुह बनाएर साझेदारमा चलिरहेका हुन्छन् । ठूलो पूँजी निर्माण तथा रिक्स मेनेजमेन्टका लागि समुहमा लगानी गर्ने चलन विश्वभर नै छ । तर समुहको लगानी कहिलेकाही एक आपसमा सामजस्यता नहुँदा दुर्घटनामा परेको पनि प्रसस्त उदाहरणहरु भेटिन्छन् । तथापि, केही समूह तथा त्यहाँका केही नगन्य व्यक्तित्वहरू यस्ता हुन्छन् जो सफलतापूर्वक उत्कर्ष चुमिरहेका देखिन्छन् । ती समूहका साझेदारहरूको उपस्थिति तथा वक्तव्यबाजीलाई मानिसहरूले नजिकबाट नियालिरहेका हुन्छन् । त्यस्तै सफल मध्यका पूँजीबजारका लागि एक चर्चित नाम हो अम्बिका प्रसाद पौडेल । 

उनले केही महिना अघि अर्थ संसारसंगको एक कार्यक्रममा सेयर बजार सूचकांक नेप्से इन्डेक्सको बारेमा एउटा घोषणा गरे । नेपाल उद्योग व्यवसायी महासँगका निर्वाचित केन्द्रीय सदस्य तथा राजस्व विभागका सभापति समेत रहेका सेयर लगानीकर्ता पौडेलले यो जुनीमा नेप्से इन्डेक्स १८ सय बिन्दु तल जाँदैजादैन भनी  ठोकुवा गरेका थिए । यो वक्तव्यबाजी तथा अंक त्यतिबेला अधिकांस सेयर लगानीकर्ताको मानसपटलमा गुन्जीरहेको थियो । जब नेप्से १८ सय बिन्दु नजिक आउँथ्यो, अधिकांस लगानीकर्ताले अम्बिका प्रसाद पौडेलको त्यो अभिव्यक्तिलाई सम्झन्थे । 

 त्यति बेला सेयर बजारमा निरासा छाएको थियो । बजार लगातार घटिरहेको थियो । ब्याजदर बढ्दो थियो । बैंकमा तरलता अभाव थियो । सरकार बन्ने, भत्किने टुङ्गो थिएन । अर्थतन्त्र निदाएजस्तो अवस्थामा थियो । सरकार, राष्ट्रबैंक बीच सम्बन्ध बिग्रिएको थियो । जतासुकै निरासै निरासा  थियो । नेप्से इन्डेक्स १९ सय बिन्दु वरिपरि घुमिरहेको थियो । तर, त्यसै बेला सेयर बजारका ती अनुभवी,अगुवा तथा ठूला लगानीकर्ता मानिने अम्बिका प्रसाद पौडेलले नेप्से इन्डेक्स यो जुनीमा १८ सय बिन्दु  तल जाँदैजाँदैन, लेखेर राख्नुस् भन्दै ठोकुवा गरे, जुन अहिले सत्य साबित जस्तै बनेको छ । उनले भनेपछि पटक पटक नेप्से इन्डेक्स १८ सय नजिक सम्म त झर्यो तर १८ सयलाई ब्रेक गर्न सकेन ।

आज नेप्से इन्डेक्स २१ सय बिन्दु माथि उक्लिएको छ । तल झर्दा १८ सय विन्दुलाई सम्झिए खै अहिले सेयर लगानीकर्ता २२ सय बिन्दुबाट झस्किरहेका छन् । पछिल्लो समय नेप्से जति पटक १८ सय बिन्दु वरिपरिसम्म झर्यो त्यति नै पटक २२ सयमा ठोक्किएर माथि उक्लिन सकेन । कहिले २२ सय १० बाट फर्कियो त कहिले इन्ट्रा डे २२ सय ७८ सम्म पुग्यो । अघिल्लो पटक २०८० साउनमा २२ सय ४४ अंक सम्म पुगेर पुन: फर्कियो । अहिले फेरि नेप्से इन्डेक्सले २२ सयको अवरोधलाई सामना गर्दैछ । के यसपटक मनोवैज्ञानिक २२ सय भित्र वरिपरिको बिन्दु भत्काउन सक्ला त ! तिनै पूँजीबजारका एक सफल लगानीकर्ता अम्बिका प्रसाद पौडेल निकटस्थ एक लगानीकर्ता भन्छन्,' यसपटक नेप्सेले मनोवैज्ञानिक २२ सयको बिन्दु पार गर्नेछ, बजार माथिसम्म जान्छ ।'

अहिलेको माहौल फरक छ, मुख्य कुरा ब्याजदर घटेको छ, माघमा अझ घट्छ, एफ. डि. सस्तिएको छ, सिडी रेडियो ८० मुनि छ, नेप्सेमा भोल्युम बढेको छ, नाम उल्लेख नगराइदिने सर्तमा अम्बिका निकटस्थ ती लगानीकर्ताले अर्थ संसारसँग भने ।

उनले भने, 'बजार बढेको बढै गर्दैन, केही प्रोफिट बुकिङ पनि हुन्छ, सेक्टर पनि रोटेसन हुन्छन्, यसपटक नेप्सेले २४ सय देखि २५ सयसम्मको अंक चुम्छ ।'  फेरि करेक्सन हुँदै फेरि २२ सय आसपास सम्म आउँला, त्यसपछि अर्को माथिको यात्रा तय गर्छ,उनले आत्मविश्वासका साथ भने यसपटक बजार सन्तुलित तरिकाले पनि चल्छ।

 'नियामकका केही नीति पूँजी बजारमैत्री बन्दैछन्, जेठमा बजेट आउँछ, त्यसले नयाँ माहौल सृजना गर्नुपर्छ, मौद्रिक नीतिका नियन्त्रणकारी बन्देज खुल्दै जानुपर्छ, मुख्यकुरा राज्यको पूँजीबजारलाई हेर्ने चस्मा फेरिनु पर्छ, यति भएपछि बजार नबढी सुखै छैन, बजार बढ्छ, उनले भने ।'

पौडेलका निकटस्थ यी लगानीकर्ताको २२ सय ब्रेक गर्छ भन्ने अभिव्यक्ति कत्तिको सत्य सावित हुन्छ, त्यो आगामी दिनले नै बताउने छ । तर उनको तर्कमा प्रसस्त आधार देखिन्थे । बाँकी कुरा त बजार सधैं राइट हुन्छ, स्मार्ट हुन्छ, झुक्किने त लगानीकर्ता नै हो । बजारलाई लगानीकर्ताले फलो गर्ने गर्छन् नकि बजारले लगानीकर्तालाई फलो गर्छ । प्रत्येक मानिसको फरक फरक मनोविज्ञानले चल्ने बजारमा यसै हुन्छ भन्नचाहि सकिँदैन । तथापि, समग्र परिवेशलाई आधार बनाएर भनिएका अनुमानहरु मिल्दै मिल्दैनन भन्न पनि सकिदैँन । सेयर बजारमा तिनै मानिस सफल हुन्छन् जसले परिस्थितिलाई आंकलन गर्न सक्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको