Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीले मात्रै सांग्रिला डेभलपमेन्ट बैंको लाभांश पाउने

अर्थ संसार

सोमबार, २२ मंसिर २०८२, ०८ : ०२ मा प्रकाशित

आजसम्म कायम सेयरधनीले मात्रै सांग्रिला डेभलपमेन्ट बैंको लाभांश पाउने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंके २१ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्ता गर्न सक्ने भएका हुन् । 

बैंकले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । यो निर्णय पारितका लागि आउँदो पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजे साधारणसभा बस्दैछ ।

उक्त सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको