नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको समूह चरणका खेल सकिएका छन् । आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्स बीचको खेल सकिदा समूह चरणका सबै खेल सकिएका हुन् ।
समूह चरणका खेल सकिदा २ सतक र ३५ अर्धशतक बनेका छन् । २९ खेलाडीले ३५ वटा अर्धशतक बनाए भने दुई खेलाडीले सतक बनाए । अब मंगलबारदेखि प्लेअफका खेल सुरु हुने छ । आइतबार जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले सतक बनाएसँगै समूहचरणमा ३५ अर्धसतक बने । उनको जारी सिजनमा दोस्रो अर्धशतकसमेत हो । यो सिजनमा चितवन राइनोजका रवि बोपराले हालसम्म सबै भन्दा धेरै तीन अर्धसतक बनाएका छन् । त्यस्तै पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै एडम रोसिङटनले र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई÷दुई अर्धशतक बनाए ।
जारी सिजनमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सका ५÷५ जना खेलाडीले अर्धशतक बनाएका छन् । जारी सिजनको समूहचरणमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डेले अर्धशतक बनाएका छन् । त्यस्तै विराटनगर किंग्सका लोकेश बम, साम हिजलेट, फाफ डू प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमदले अर्धसतक बनाएका छन् ।
त्यस्तै पोखराका सुमित बर्मा, जिमी निशम, ऋषी धवन, चितवनका डेविड मलान र अर्जुन साउँद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।
यो सिजनको समूहरचणका खेल सकिदाँ दुई वटा शतक बनेका छन् । दुवै सतक प्रहार गर्ने टोलि प्लेअफमा पुग्न भने असफल भएका छन् । यो सिजनको हालसम्म कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै शतक प्रहार गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस