Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : साढे १ प्रतिशतले घट्यो नेप्से, औषत कारोबार साढे ६ अर्ब

अर्थ संसार

शनिबार, २० मंसिर २०८२, ०९ : ०३ मा प्रकाशित

साताको सेयर : साढे १ प्रतिशतले घट्यो नेप्से, औषत कारोबार साढे ६ अर्ब

यो साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ । गत साता २६७६.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६८ प्रतिशत अर्थात ४४.८६ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चारै कारोबार दिन नेप्से घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १०.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८७ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब ५० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १७.२४ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ११.०९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २३.१३ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ९३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ । १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशत बढेको छ। गत साता २३००.९९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४४.९६ अंक बढेर २३४५.९५ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता ७९१२.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४४.०६ अंक बढेर ८०५६.२५ विन्दुमा पुगेको छ ।

यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ । गत साता १३ हजार ६३३.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४६९.३६ अंक घटेर १३ हजार १६४.०५ विन्दुमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको