उच्च अदालत पाटनले हालै रिलायन्स स्पिनीङ मिल्स कम्पनीको सेयर निष्कासन (आईपीओ) मा नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गरेको कामलाई ’गैर–कानूनी’ करार गरेपछि पुँजीबजारमा ठूलो खलबली मच्चिएको छ । यसको असर आज सिधै सेयर बजार हेर्ने सरकारी कार्यालयसम्म पग्यो ।
नेपालका लाखौं लगानीकर्ताहरूको प्रतिनिधित्व गर्ने ‘नेपाल सेयर बजार लगानीकर्ता संघको टोली धितोपत्र बोर्डको कार्यालयमा पुगेर बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र कार्यकारी निर्देशक रुपेश केसीसँग कडा प्रश्नोत्तर गरेका छन् । करिब डेढ घण्टा लामो उक्त भेटमा संघले बोर्डका क्रियाकलापहरूलाई ‘विश्वास गर्न लायक नभएको’, ’गैरजिम्मेवार’, षडयन्त्रमूलक र ’गलत नियतले गरिएका’ भन्दै चर्को विरोध जनाएका छन् ।
बिचौलिया विभिन्न व्यक्ति र संघ संस्था हरुको सहकार्यमा सेटिङ मै मुद्दा हार्ने रणनीति मा धितोपत्र बोर्ड संलग्न भएको तीतो यथार्थ लाई रोष पूर्ण रुपमा लगानीकर्ता ले उठाए का छन् ।
अदालतको फैसला र लगानीकर्ताको आक्रोश
संघका प्रतिनिधिमण्डल-जसमा अध्यक्ष हरिबहादुर केसी लगायत अन्य वरिष्ठ उपाध्क्ष किशोर पौडेल, महासचिव खगेन्द्रराज कँडेल(रबिन), सदस्यहरु विवेक श्रेष्ठ, किचः चित्रकार, र ऋषि भेटवाल समेतको उपस्थिति थियो—ले बोर्डमाथि गम्भीर प्रश्नहरू तेर्साएका छन् । आफूहरुले प्रमाणसहित बोर्डका पछिल्ला गतिविधिहरू गैरजिम्मेवार र पुँजी बजार बिरोधी रहेको महासविच कंडेलले बतााए ।
लगानीकर्ता संघको मुख्य प्रश्नः
“अदालतबाटै धितोपत्र बोर्डले अति नै गैरजिम्मेवार काम गरेको ठहर संघको छ । धितोपत्र बोर्ड लगानीकर्ताहरूको हित र बजारको पारदर्शिताका लागि हुनुपर्नेमा पूर्ण रूपमा सेयर कारोबार गराउने दलालहरूको निर्देशनमा काम गरिरहेको हो र ? यो कुरा अब प्रस्ट हुनु पर्ने उनीहरुको भनाइ छ ।“ संघले अदालतले फैसलामा तोकेका मुख्य प्रकरण २० देखि २४ सम्मलाई तत्काल लागू गर्न र यथार्थ वित्तीय विवरणसहित कार्यान्वयन गर्न बोर्डको ध्यानाकर्षण गराएको छ ।
अबको बाटोः दबाब र संघर्ष
संघले अब यो विषयमा दबाब सिर्जना गर्ने र विभिन्न संघर्षका कार्यक्रम गर्ने जनाएको छ । बोर्डमा लामो समयको बहसको अन्त्यमा, लगानीकर्ता संघले बोर्डलाई भविष्यमा लगानीकर्ताको हक र हित विपरीत हुने हरेक निर्णयको सशक्त विरोध गर्ने चेतावनी दिएको छ । उनीहरूले भविष्यमा नागरिक समाज र अन्य निकायहरूसँग मिलेर यस्ता गैरकानूनी कामहरू विरुद्ध लगातार लडिरहने प्रण गरेका छन् । उनीहरूको यो कदमले धितोपत्र बोर्डमाथि सही र कानुनसम्मत काम गर्नका लागि थप दबाब सिर्जना गरेको छ ।
यो घटनाले नेपालको सेयर बजारको नियमनमा पारदर्शिता, कानुनी शासन, र जिम्मेवारीबोधको समस्या गहिरिँदै गएको देखाउँछ, जसलाई सुधार्न बोर्डको ईमान्दार भूमिका आवश्यक रहेको तथ्य स्थापित भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस