Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, हिमपातको सम्भावना

अर्थ संसार

सोमबार, २२ मंसिर २०८२, ०७ : ३८ मा प्रकाशित

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको