Like us!
Follow us!
Connect us!
Watch us!

दिपेन्द्र अग्रवालको कम्पनी स्मार्ट डोर्सले आईपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

अर्थ संसार

मंगलबार, १७ पुस २०८०, २० : ०७ मा प्रकाशित

दिपेन्द्र अग्रवालको कम्पनी स्मार्ट डोर्सले आईपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

स्मार्ट डोर्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

सम्झौतामा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

कम्पनीले रु.२ करोड ८० लाख सेयर पूँजी बराबरको रु.१००/- अंकित दरको २,८०,००० कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । सन् २०७८ मा स्थापना भएकोे यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरु उत्पादन तथा बिक्रि गर्दै आईरहेको छ ।

कम्पनीले जर्मनी प्रविधिका मेसीनहरुबाट गुणस्तरीय ढोकाहरु २५ बर्षिय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आईरहेको जनाएको छ ।  कम्पनीद्वारा उत्पादित माईका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्व भरी प्रसिद्ध रहेको कम्पनीले उल्लेख गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको