Like us!
Follow us!
Connect us!
Watch us!

चिरख्वा हाइड्रोपावरको सेयरमा कसरी भयो मंगलबार सम्भव नै नभएको कारोबार ? नेप्सेको सिस्टमले कसरी दियो स्वीकृति ?

अर्थ संसार

बुधबार, १८ पुस २०८०, ०९ : ३२ मा प्रकाशित

चिरख्वा हाइड्रोपावरको सेयरमा कसरी भयो मंगलबार सम्भव नै नभएको कारोबार ? नेप्सेको सिस्टमले कसरी दियो स्वीकृति ?

चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयरमा मंगलबार एक शंकास्पद कारोबार भएको देखिन्छ। चिरख्वा हाइड्रोपावर लिमिटेडको मंगलबारको फ्लोर सिट हेर्ने हो भने त्यहाँ ५३१.४० मा कारोबार भइरहेको बेला एउटा शंकास्पद ६४५ कित्ताको कारोबार ३२०.८३ मा भएको देखिन्छ। 

चिरख्वा हाइड्रोपावर लिमिटेड भखरै आइपिओ निष्काशन पछि भखरै नेप्सेमा सुचीकृत भएको कम्पनी हो । गत बिहिबार ३०० रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीले त्यस यताका ६ कारोबार दिनमा सकारात्मक सर्किटमा कारोबार हुदैँ आएको छ। मंगलबार ४९१.२ मा कारोबार सुरुवात भएको थियो भने कारोबार अन्त्य १० प्रतिशत बढेर ५३१.८० रुपैँया कारोबार अन्त्य भयो। 

कम्पनीको नकारात्मक सर्किट नै लागेको भए पनि मंगलबार ४४२.०८ रुपैयाँ सम्म मात्र कारोबार हुन् पर्ने हुन्छ।  तर मंगलबार ५३१.४० मा कारोबार भइरहेको बेला एउटा शंकास्पद ६४५ कित्ताको कारोबार ३२०.८३ मा भएको देखिन्छ । 

मंगलबार सम्भव नै नभएको कारोबार गर्न नेप्सेको सिस्टमले कसरी स्वीकृति दियो ?यो गम्भीर प्रश्न नेप्सेका आगाडी सिर्जना भएको छ। 

तेती मात्र होइन मंगलबार यस कम्पनीको सेयरमा हजारौ लगानीकर्ताको मार्केट डिमाण्ड रहेको बेला एउटा ब्रोकरका कारोबारीले मात्र सेयर प्राप्त गर्यो भन्ने अर्को प्रश्न पनि उठेको छ। 

यस बारे मंगलबार नेप्सेमा सम्पर्क गर्दा नेप्सेका कर्मचारीले यस बारे बुझेर खबर गर्ने भनेता पनि नेप्सेले कार्यालय समय सम्म खबर गरेन र त्यस यता कोहि सम्पर्कमा आएका छैनन्। 

हेर्नुहोस फ्लोरसिट 

6594dafec3a35.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको