Like us!
Follow us!
Connect us!
Watch us!

पशुपतिनाथको बाग्मती किनारमा हुने आरतीको पनि अब कपिराइट, भिडियो खिच्न नपाइने

अर्थ संसार

विहीबार, १९ पुस २०८०, १७ : २१ मा प्रकाशित

पशुपतिनाथको बाग्मती किनारमा हुने आरतीको पनि अब कपिराइट, भिडियो खिच्न नपाइने

पशुपतिनाथको बाग्मती किनारमा हुने सन्ध्या आरती, दीप प्रज्वलनको ठेक्का लागेसँगै सर्वसाधारणले भिडियो खिच्न नपाउने भएका छन् ।

व्यवसायिक प्रयोजनका लागि फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा त्यस्ता भिडियो राखिएको पाइए कारवाही हुने भन्दै सूचना जारी गरिएको हो । पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालिको नाममा राखिएको उक्त सूचना अनुसार बाग्मती किनारमा हुने गंगा आरती तथा कोर क्षेत्रमा दीप प्रज्वलनको भिडियो सख्त मनाही गरिएको छ ।

मासिक एक लाख ६० हजार रुपैयाँ लिने गरि बुढासुब्बा डिजिटलले उक्त क्षेत्रको भिडियो खिच्ने ठेक्का लिएको जनाइएको छ । बाग्मति किनारमा हुने सन्ध्या आरती हेर्न हजारौं भक्तजन साँझका बेला पशुपतिनाथको मन्दिर पुग्ने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको