अर्थ संसार, काठमाडौं–बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नाफा रू. ९७ करोड १३ लाख रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले कमी हो । बैंकको चुक्तापूँजी २३ प्रतिशतले बढेर रू. ८ अर्ब ४ करोड २६ लाख र रिजर्भ कोषको रकम ३ गुणाले बढेर ४ अर्ब ७५ करोड पुगेकोे छ । रू. २९ करोड २९ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ भने निष्क्रिय कर्जा ३ दशमलव ४२ प्रतिशत रहेको छ । बैङ्कको लगानी १७ अर्ब ९७ करोड रहेको छ । बैङ्कले बैदेशिक मुद्रा विनियमबाट रू. ३४ करोड २६ लाख आम्दानी गरेको छ ।
वर्गिकरण : वाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू.३५३
५२ हप्ताको उच्च व्यापार मूल्य : रू.६४०
५२ हप्ताको न्यून व्यापार मूल्य : रू.२२५
१८० दिनको भारित औसत मूल्य : रू.३५४.६९
बैङ्कको महत्वपूर्ण अनुपात :-
सञ्चालक समिति :-
अध्यक्ष : जनार्दन शर्मा आचार्य व्यवस्थापन समिति
प्रमुख कार्यकारी अधिकृत : देबेन्द्र प्रताप शाह
प्रधान कार्यालय :धर्मपथ, काठमाडौं
वेबसाइट : www.nepalbank.com.np
शाखा : १३२
स्टक सङ्केत : एनबिएल
बैंकको महत्वपूर्ण वित्तीय परिसूकहरु (रू. हजारमा) :-
बैंकका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-
महत्वपूर्ण अनुपात :-
आधारभूत विश्लेषण :-
बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
चुक्तापूँजीको तुलनामा खुद नाफा १७ दशमलव ९४ प्रतिशतबाट घटेर १२ दशमलव शून्य ८ प्रतिशतमा सिमित भएको छ । बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू.२२ करोड ९९ लाख छुट्याएको छ ।
बैंकले पहिलो त्रैमाससम्ममा आइपुग्दा रू.९२ अर्ब ७२ करोड निक्षेप सङ्कलन गरी रू. ७३ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी रू. १ अर्ब ३९ करोड ४० लाख, कर्मचारी खर्च रू.६१ करोड २३ लाख, अन्य सञ्चालन खर्च रू. १७ करोड १९ लाख र सञ्चाल नाफा रू. ७२ करोड ८२ लाख रहेको छ ।
स्थिर सम्पत्ति रू.४४ करोड ५३ लाख र अन्य सम्पत्ति रू. १३ अर्ब ३४ करोड २३ लाख पुगेको छ ।
पूँजीकोष लागत २ दशमलव ७७ प्रतिशत र पूँजीकोष पर्याप्तता १६ दशमलव ५९ प्रतिशत रहेको छ ।
बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ४८ दशमलव ३२, मूल्य आम्दानी अनुपात २८ दशमलव ९७ टाइम्स, तरलता अनुपात ३२ दशमलव ५९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ५९ दशमलव १८ पुगेको छ । मङ्गलवारको शेयर मूल्य नेटवर्थको २ गुणा बढी छ ।
प्राविधिक विश्लेषण :-
खरीद चाप : बैंकको मङ्गलवार भएको सेयर कारोबारको अन्तिम समयसम्ममा विक्रि चापको तुलनामा खरीद चाप साढे १ गुणा बढी रहेको छ । सो अवधिसम्म २३ हजार ३ सय ६९ कित्ता शेयर खरीद र १३ हजार ७ सय ४६ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।
मङ्गलवार भएको शेयर कारोबार विवरण :-
मैनबत्ती विश्लेषण :-
१५ अगष्ट २०१७ १४ नोभेम्बर २०१७
स्ट्याण्डर्ड डेभिएशन :-
१५ अगष्ट २०१७ १४ नोभेम्बर २०१७
आरएसआई :-
१५ अगष्ट २०१७ १४ नोभेम्बर २०१७
मुभिङ एभरेज:-
१५ अगष्ट २०१७ १४ नोभेम्बर २०१७
प्राविधिक विश्लेषण :-
मैनबत्ती विश्लेषण : बैंककोे ५४ दिनको कारोबारलाई लिएर हेर्दा अन्तिम दिनमा सेतो ओपनिङ मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बुलिशमा जाने सङ्केत देखाउँछ ।
आरएसआई : बैङ्कको ५४ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (५८ दशमलव ३७ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
स्ट्याण्डर्ड डेभिएसन : बैंककोे ५४ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ६ दशमलव ६५ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।
मुभिङ एभरेज : बैंकको ५४ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखार १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा माथि छ । हालको मूल्य रू. ३ सय ५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३ सय ५५ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा ३ सय ३६ मा टेवा पाउन सक्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस