नेपालको सेयरबजारका लगानीकर्ता हकप्रद वा राइट सेयर भन्ने बित्तिकै हुरुक्कै हुने गर्छन। आज कै सेयर बजार हेर्दा पनि यी कुरा प्रमाणित हुन्छ ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्र तीन कम्पनी अरुण भ्याली हाइड्रोपावर, रिडी पावर र नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो।
धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकलाई १ः१ को अनुपातमा १०० प्रतिशत र \रिडी पावरलाई १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको थियो।
सेबोनले स्वीकृतिपछि खुलेको आज पुस २२ को कारोबारमा यी तिनै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। बजार समग्रमा दोहोरो २६.३६ अङ्कले घटेर २०२२.९२ विन्दुमा घट्दा पनि यी तीनै कम्पनी लगानीकर्ताको रोजाईमा परे।
आइतबार अरुण भ्याली हाइड्रोपावरको सेयर मुल्य ६.८९ प्रतिशतले बढ्यो, २४१.३० रुपैयाँमा खुलेको कम्पनीको सेयरको अन्तिम कारोबार २५२.९० मा भएको थियो। आइतबार मात्रै कम्पनीको ४ लाख १७ हजार ६८७ कित्ताको सेयर किनबेच भयो।
अर्को कम्पनी रिडी पावरको पनि सेयर मुल्य पनि बढेरै भयो। ३.८५ प्रतिशतले सेयरको मूल्य बढेको रिडीको सेयरको आजको अन्तिम कारोबार २२९.५० रुपैयाँमा भयो। रिडीको पनि एक लाख ८४ हजार ६७५ कित्ता किनबेच भएको थियो।
तेस्तै नारायणी डेभलपमेन्ट बैंकको पनि सेयरमा पनि लगानीकर्ताको राम्रो आकर्षण रहेको थियो। आइतबार मात्रै कम्पनीको ५६ हजार ३०६ कित्ता कारोबार हुँदा सेयर मुल्य पनि ४.९५ प्रतिशतले बढेर ४१५.७० रुपैंयामा अन्तिम कारोबार भयो।
नेपाल धितोपत्र बोर्डले स्वीकृति गरेपछि अब यिनले निकट भविष्यमा आफ्ना सेयरधनीलाई स्वीकृत अनुपातमा हकप्रद सेयर जारी गर्नेछन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस