Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन हाइड्रोको साधारणसभा आज, शतप्रतिशत हकप्रद पारित गर्ने एजेण्डा

अर्थ संसार

सोमबार, २३ पुस २०८०, ०७ : ५९ मा प्रकाशित

माउन्टेन हाइड्रोको साधारणसभा आज, शतप्रतिशत हकप्रद पारित गर्ने एजेण्डा

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले कम्पनीको आठौं वार्षिक साधारणसभा आज पुस २२ गते बस्दै छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते काठमाडौंको कालीमाटी स्थित कालीमाटी ब्याङ्क्युटमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको थियो। 

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गरेको थियो। अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

कम्पनीले साधारणसभामा शतप्रतिशत हकप्रद सेयर निष्कासनको एजेन्डा निर्णयार्थ पेश गर्ने पनि जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको