Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिन खोज्दै छ विशाल गुप्र

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ०८ : ५६ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिन खोज्दै छ विशाल गुप्र

विशाल गुप्र लिमिटेड नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिन भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लिलामीमा राखिएको छ । 

नेपाल पुनर्बीमा कम्पनीमा विशाल गुप्र ३.०२ प्रतिशत लगानी गरेको छ। जुन आर्थिक वर्ष २०७८÷७९को तथ्याङ्कले ३५ लाख २२ हजार ५२८ कित्ता हुन्छ। जसमा संस्थापक समूहतर्फको १५ लाख कित्ता सेयर आज(पुस २४ गते) देखि लिलामीमा कम्पनीले एक सूचना मार्फत बिक्री खुला गरेको छ ।सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ । 

यो सेयर बैंकका विद्यमान संस्थापकहरुलाई भनेर खुला गरिएको हो । हाल रहेका कम्पनीका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा लिखित निवेदनसहित आवेदन दिनुपर्ने सूचनमा उल्लेख छ । 

इच्छुक लगानीकर्ता मध्य पनि सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतममा सबै १५ लाख  कित्ताका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज पुस २४ गतेदेखि माघ २९ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । यसअघि पनि विशाल गुप्रले आफ्नो स्वामित्वको १० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको