Like us!
Follow us!
Connect us!
Watch us!

लोवर इर्खुवा हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल

अर्थ संसार

बुधबार, ०३ माघ २०८०, ०९ : ०५ मा प्रकाशित

लोवर इर्खुवा हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल

लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले निष्काशन गर्न लागेको आइपीओको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको छ । आज मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले सेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई २८,०५,७५० थान साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १ सय रुपैयाँका दरले कुल २८ करोड पाँच लाख ७५ हजार रुपैयाँ निष्काशन गर्नेछ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको