Like us!
Follow us!
Connect us!
Watch us!

अगाडि बढ्ने भयो पश्चिम सेती कुलमान गरे सम्झौता

विहीबार, ३० कार्तिक २०७४, १३ : ५४ मा प्रकाशित

अगाडि बढ्ने भयो पश्चिम सेती  कुलमान गरे सम्झौता

अर्थ संसार, काठमाडौं – पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढ्ने भएको छ । लामो समयदेखि रहँदै आएको अन्यौलता चिर्दै नेपाल विद्युत् प्राधिकरण र चिनियाँ थ्री गर्जेजबीच आज संयुक्त रुपमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने सम्झौता भएको छ ।

प्राधिकरणमा आज आयोजित एक कार्यक्रममा सो आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चिनियाँ कम्पनी थ्री गर्जेजका उच्च प्रतिनिधिबीच ज्वाइन्ट भेन्चर एग्रिमेन्ट(जेभिए) भएको हो ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

कुल ७५० मेगावाट क्षमताको सो आयोजना अगाडि बढाउन जेभिए गर्नुपर्ने थियो । चिनियाँ पक्षले कुल लगानीको ७५ प्रतितशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने उक्त स्म्झौतामा उल्लेख छ ।

सम्झौताका लागि चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार मात्रै नेपाल आएको थियो ।लामो समयदेखि आयोजनाको बारेमा अन्यौलता रहँदै आएको अवस्थामा जेभिएले मार्ग प्रशस्त गरेको प्राधिकरणले जनाएको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रवद्र्धक गेजुवा ग्रुपसँग सम्झौता तोडेको तीन दिन पछि थ्री गर्जेजसँग सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको