Like us!
Follow us!
Connect us!
Watch us!

भारतको बायजूस कम्पनी टाट पल्टेको घोषणा गराउन ऋणीले गराए निवेदन दर्ता

अर्थ संसार

शुक्रबार, १२ माघ २०८०, १३ : २९ मा प्रकाशित

भारतको बायजूस कम्पनी टाट पल्टेको घोषणा गराउन ऋणीले गराए निवेदन दर्ता

भारतको एड्युटेक कम्पनी बायजूस टाट पल्टेको घोषणा गराउन ऋणीको समूहले निवेदन दर्ता गराएका छन् ।

ग्लास ट्रस्ट कम्पनी जसले बायजूसका लागि ऋण लिन एजेन्टको भूमिका खेलेको थियो उक्त कम्पनीले भारतको नेसनल कम्पनी ल ट्रीब्युनलमा निवेदन दर्ता गराएको हो । आर्थिक संकटले गुज्रिरहेको बायजूसको विदेशी लगानीकर्ताहरुले कम्पनीले ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै कम्पनी टाट पल्टेको घोषणा गर्न माग गरेका हुन् । १६ महिनाको समय दिँदा पनि बायजूसले ऋण तिर्न नसकेको ऋणीहरुको आरोप छ ।

यता बायजूसले भने ऋणदाताहरुले निवेदन दर्ता गराउँदैमा कम्पनी टाट पल्टिने अवस्थामा नपुगेको जिकिर गरेको छ । निवेदन प्रारम्भिक चरण मै रहेको हुँदा त्यसले कम्पनीको आर्थिक अवस्थालाई चित्रण गर्न नसक्ने कम्पनीले जनाएको छ । केही महिना अघि आफ्ना हजारौं कर्मचारी कटौती गरेको बायजूसले २०२४ को दोस्रो क्वाटरसम्म कम्पनी नाफामै पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीले हाल आफ्ना लगानीकर्तासँग १० करोड डलर उठाउने प्रयत्न गरिरहेको छ । यता कम्पनीले वैदेशिक मुद्रा परिवर्त्यसम्बन्धि नियम उल्लंघन गरेको भन्दै बायजूसलाई इन्फोर्समेन्ट डिरक्टेरटले जरिवाना तिर्न सूचना जारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको