Like us!
Follow us!
Connect us!
Watch us!

बंगुरको मासु कसरी पकाउने ?

शुक्रबार, ०१ मंसिर २०७४, ०८ : ४१ मा प्रकाशित

बंगुरको मासु कसरी पकाउने ?

अर्थ संसार, काठमाडौं–बंगुरका मासुको बढ्दो लोकप्रियतालाई ध्यान दिएर गेट कलेजले पहिलो पटक पोर्क कुल्नरी ट्रेनिङ्ग आयोजना गरेको छ ।

बेलायती सहयोग नियोग यूके एडको सहयोगमा सामर्थ सिप्रेड, नेपाल बंगुर व्यवसायी महासंघ र गेट कलेजद्वारा पुस २१ देखि २३ सम्म आयोजित तालिममा नेपालका पाँचै विकास क्षेत्रका २५ जनाको सहभागिता थियो ।

‘‘बंगुरको मासु स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने कुरा आममानिसमा चेतना जगाउने उद्देश्यले यो तालिम कार्यक्रम आयोजना गरिएको हो,’ तालिमका संयोजक गेट कलेजका प्रमुख प्रशिक्षक कुमार चालिसेले भने । यस्तै  बंगुर व्यवसायी महासंघका अध्यक्ष उमेशकुमार राईले व्यावसायिक रुपमा १ हजार कुखुरा पाल्नुभन्दा एउटा बंगुर पाल्नु फाइदाजनक हुने बताए ।

उक्त कार्यक्रममा सेफ कुमार चालिसेद्वारा लिखित पोर्क कुलनरी बुकको गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले विमोचन गरे । ‘विगतमा बंगुरको मासुलाई हेर्ने दृष्टिकोण निकै भिन्न थियो, क्षेत्रीबाहुनले खान हुँदैन भन्ने थियो, तर विश्वभरीका खाद्य परिकारमा बंगुरका मासुका परिकारलाई फरक ढंगले लिइन्छ,’ लकाईंले भने ।

सामथ्यका प्रमुख व्यवस्थापक एवं पशुविज्ञ डा. नन्दप्रसाद श्रेष्ठले बंगुरको मासुलाई सफा, स्वस्थ्य र स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने बुझाउन यस्ता तालिमले सहयोग पुग्ने बताए । सेफ एसोसिसनका उपाध्यक्ष सुरेशचन्द्र बस्नेत र महासचिव श्रीराम अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बंगुरको मासुका परिकारलाई प्रबर्धन गर्नका लागि यसको परिकार बनाउने कलालाई प्रबर्धन गर्न सकिने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको