अर्थ संसार, धादिङ – जिल्ला निर्वाचन कार्यालय परिसर भित्र सकेट बम फेला पारेको छ । सो बम कसले राखेको भन्ने कुराको पुष्टि भने हुन सकेको छैन ।
आज विहान मत पेटीका निकाल्न जिल्ला निर्वाचनको कार्यालयमा जाने क्रममा शसस्त्र प्रहरीको टोलीले संखास्पद झोला देखे पछि उक्त झोला खोलेर हेर्दा सकेट बम फेला पारेको हो ।
घटना स्थलमा अहिले सुरक्षा ब्यवस्या कडा बनाईएको छ भने नेपाली सेनाको टोली आएपछि बम डिस्पोज गर्ने जनाईएको छ । अब केही घण्टामा नेपाली सेनाको बम डिस्पोजल टोली आई पुग्ने पनी जनाईएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस