Like us!
Follow us!
Connect us!
Watch us!

दुई टनको युरोपियन भुउपग्रह अबको दुई घन्टामा पृथ्वीमा खस्दै, कस्तो खतरा रहला ?

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, १९ : ४८ मा प्रकाशित

दुई टनको युरोपियन भुउपग्रह अबको दुई घन्टामा पृथ्वीमा खस्दै, कस्तो खतरा रहला ?

दुई टन भार भएको युरोपियन भुउपग्रह अबको दुई घन्टामा पृथ्वीमा खस्ने भएको छ ।

सन् १९९५ मा ब्रह्माण्ड अवलोकन गर्न प्रक्षेपण गरिएको उक्त इआरएस-२ नाम गरेको भुउपग्रह सन् २०११ मा प्रयोगविहीन बनेको थियो । त्यसपछि पृथ्वीको चक्कर लगाउँदै आएको उक्त भुउपग्रह आज साढे ९ बजेको आसपास पृथ्वीमा प्रवेश गर्ने भएको हो । उक्त दुई टनको भूउपग्रहको धेरै जसो भाग पृथ्वी प्रवेश गर्ने क्रममा नष्ट हुने बताइएपनि केही अवशेष भने पृथ्वीको सतहसम्म नै आइपुग्ने जनाइएको छ ।

उक्त अवशेष ठ्याक्क कहाँ खस्छ भन्ने बारे पनि वैज्ञानिकहरुले यकिन जानकारी दिन सकेका छैनन् । तर पृथ्वीको धेरै जसो भागमा समुन्द्र नै रहेको हुँदा ती टुक्राहरु समुन्द्र मै झर्ने उच्च सम्भावना रहेको पनि जनाइएको छ । पृथ्वीको सतहमा आइपुग्ने अवशेष कुनै पनि रेडियोधर्मी वा विषाक्त भने नभएको युरोपियन स्पेस एजेन्सीले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको